गायक पारस लामाको रोमान्टिक गीत ‘सोल्टिनी ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भिडियो सहित

केशब कटुवाल, दुबई – लामो समय देखि परदेशी जीवन बिताएका गायक पारश लामा परदेशमा नै बसेर नेपाली गीतसंगीतको संरक्षण र प्रबर्द्धन गर्दै आउनु भएको छ । दुबईमा हुने हरेक कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै दर्सक श्रोता लाइ मनोरंजन गराउने गर्नु हुन्छ । फुर्सदको समयमा गीतसंगीत मा नै ब्यस्त रहन्छु त्यो बाहेक अरु गर्न खासै न आउने हामीलाइ सुनाउनु हुन्छ ।

उक्त गीतमा प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । आफनी सोल्टिनी निकै राम्री भएको र सोल्टिनीको मायामा आफु कायल भएको गायक लामाले गीतमा बताएका छन ।

ज्ञानेन्द्र लामाको शब्दमा रहेको गीतमा टंक बुढाथोकीको को संगीत छ भने चर्चित गायक पारश लामाको आवाजमा सिएको छ ।भिडियोमा अजय रेग्मीको छायाँकन ,दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन रहेको छ । ‘ सोल्टिनी ’ गीतको भिडियोमा मिलन क्षेत्री र राधा घिमिरेको अभिनय रहेको छ र गीतको भिडियोलाई भैरब कालिका म्युजिक प्रालीले बजारमा ल्याएको छ। भिडियो निकै इस्तारिय बनेको र दर्सक श्रोताले मन पराउनेमा ढुक्क छु भनेर यसै गीतका गायक हामीलाइ भन्नु हुन्छ।

बाँकि गीतको भिडियोमा हेर्नुृहोस ।

प्रकाशित मिति May 13, 2019
Loading...