ओली सरकारको सपना साहाकार हुदै ३० जनवरी देखि जनकपुरधाममा रेल संचालन

य़ूएई-: जयनगर जनकपुरधाम बिचमा चल्ने रेल यही जनवरी १५ का दिन भारतको मुम्बईबाट प्रस्थान भै ३० जनवरीमा जनकपुरधाम आइपुग्ने भएको छ । नेपाल सरकारले भारतको कोंकण रेलवे कॉर्पोरेशन संग २ वटा ट्रेन खरिद गरेको छ ।

अर्को ट्रेन भने आइपग्न १ महिना थप लाग्ने श्रोतले जनाएको छ । यो ट्रेन अहिले जयनगर देखि जनकपुरधाम -कुर्था सम्म ३४ कि.मि. मा चल्नेछ भने अर्को चरणमा बर्दिबाससम्म पुग्ने र पछि पूर्व पश्चिम रेल मार्ग निर्माण पश्चात त्यसमा जोडिन्छ ।

भारत सरकारले मकर संक्रांति १५ जनवरीको दिन रमाना गर्ने उक्त ट्रेन १५ दिनमा विजयवाड़ा, इटारसी, इलाहाबाद, पटना, जयनगर हुंदै जनकपुरधाम आइपग्नेछ ।उक्त ट्रेन जयनगर – जनकपुरधाम-कुर्था रेल मार्गले जनकपुरधामलाई रामायण सर्किट संग जोडिने सपना साकार हुनेछ र अयोध्या मात्र नभै सम्पूर्ण भारतिय रेल संजालमा जोडिन्छ ।

यसले गर्दा जनकपुरधामको पर्यटन प्रवर्द्धन हुने र समग्र आर्थिक विकासमा फड्को मार्ने छ भने भारत सरकारको सहयोगमा संचालित महत्वाकांक्षी योजना साकार भै भारत संगको बिशेष सम्बन्ध थप प्रगाढ बन्ने छ ।

प्रकाशित मिति January 14, 2020
Loading...