आजको राशिफल : पुस २८ गते, साेमबार शिव भगवानको दर्सन गरौ

वि.सं.२०७६ साल पौष २८ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी १३ तारिख । नेपाल संवत् ११४० ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने वंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुशी हुनेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । उत्पादनमुखि व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागि समय मध्ययम रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन्। रोकिएर बसेका कामहरु बन्नुको साथै विस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृढ भएर जानेछन् भने दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरू परास्त हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पतिपत्नीबीचको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्यशक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तिर्थाटनको अवसर जुर्नेछ । पापीय मनोवृति बिस्तारै हट्दै जानाले मन प्रफूल्लित बन्नेछ । नोकरीमा ख्याती बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक संकट निवारण गर्नेछ । बिहानको समय मध्ययम रहेकोले सामाजिक काममा नलाग्नु नै उचित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउनेछ भने आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले सर्वसाधारणबाट भनेजस्तो समर्थन पाउन सन्तुलित व्यावहार गर्नुपर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गति सँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । प्रसस्त तयारि गरेर महत्वपूर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । तापनि लामो दुरिको यात्राको प्रवल सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) चुनौतिहरुलाई किनारा लगाउँदै कामहरु बनाउन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिनेछ । व्यवसाय फस्टाएरु जाने तथा व्यवसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो विद्यालार्ई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथीभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । मध्यान्हबाट गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । मध्यान्हबाट समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) एकल तथा साझेदारि व्यापार व्यवसायमा लगानी गरि प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विद्या तथा प्रतिस्पर्धिमा प्रतिस्पर्धिहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाइको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउनेछ ।तपाईको दिन शुभ रहोस् ।

प्रकाशित मिति January 13, 2020
Loading...