“पृथ्वीनारायण शाहको कुशलताले आज नेपाल भन्न पाइएको छ” : मन्त्री भट्टराई !

सिन्धुली, २७ पौष -:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पृथ्बीनारायण शाहको कुशलताले आज नेपाल भन्न पाइएको बताएका छन ।आज सिन्धुलीको ऐतिहासिक पर्यटकीय स्थल सिन्धुलीगढीमा पृथ्वी जयन्ती तथा तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्दै मन्त्री भट्टराईले बाइसे चौविसे राज्यहरुलाई एकतामात्र नगरेर आफ्नो भूमि अंग्रेजहरुबाट जोगाउन शाहको योगदान अमूल्य रहेको बताएका हुन ।

वि.स.१८२४ मा सिन्धुलीगढी शाहकै रणनीति र निर्देशनमा साम्राज्यवादी अंग्रेज सेनाहरुलाई परा स्त गर्न सफल भएकोले ऐतिहासिक गढी भएको चर्चा गर्दै यस्ता ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न सके पर्यटकलाई आकर्षित गर्न सकिने बताए । ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दै पर्यटकलाई आकर्षण गर्न सकेमात्र देशको अर्थतन्त्र बढ्ने उनको भनाइ थियो ।

प्रकाशित मिति January 12, 2020
Loading...