पशुपतिनाथमा ९ किलो सुन ! १ अर्ब २९ करोड नगद

पशुपतिनाथ मन्दिरमा ९ किलो सुन रहेको पाइएको छ । 

पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा ९ किलो ५ सय ८६ ग्राम सुन जम्मा भएको विवरण अध्ययन समितिले दिएको छ ।पशुपतिनाथ मन्दिरमा नौ किलो सुन रहेको पाइएको छ । २०१९ सालदेखि २०७५ सालसम्ममा भक्तजनले चढाएको सुन नौ किलो २७६.६४ ग्राम पुगेको हो ।

श्रीपशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समितिको प्रतिवेदनले नौ किलो २७६.६४ ग्राम सुनसँगै तीन सय १६ किलो ५८६ ग्राम चाँदी रहेको खोजी गरेको हो ।

पशुपति क्षेत्र विकास कोषले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो । समितिका संयोजक एवं कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले श्रीपशुपतिनाथको मूल ढुकुटीमा रहेको अभिलेखलाई आधार बनाएर खोजी गर्दा नौ किलो सुन र तीन सय १६ किलो चाँदी पशुपतिनाथको नाममा रहेको जायजेथा फेला परेको जानकारी दिए ।

थापाका अनुसार, पशुपतिनाथ भण्डार तहविलबाट प्राप्त तायदाती मुचुल्का अनुसार २०१९ देखि २०६८ सालसम्म आठ किलो २३२ ग्राम सुन र एक सय ७५ किलो ४५८ ग्राम चाँदी मुल ढुकुटीमा दाखिला भएको देखिएको थियो ।

प्रतिवेदनमा २०६८ चैतमा पशुपति क्षेत्र विकास कोष ऐन र नियमावली आएपछि सुन र चाँदी थपिएको देखिएको छ। जसअनुसार, २०५९ देखि २०७५ सम्म कोषको सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरणमा एक हजार ४४.६४ ग्राम सुन र एक लाख ४१ हजार एक सय २८.७५ ग्राम चाँदी थपिएको हो ।समितिले हालै प्रतिवेदन तयार गरेर बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

 

प्रकाशित मिति June 5, 2019
Loading...