कालापानी भारतलाई दिनुपर्छ भन्ने सुजाता रा’ष्ट्रघाती : भीम रावल

काठमाडौं -: नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य भीम रावल सरकारको कामकारबाहीको कटु आ लोचक हुन् । उनले कालापानी भारतलाई लिजमा दिनुपर्छ भन्ने सुजाता कोइरालाको पछिल्लो अभिव्यक्तिलाई रा ष्ट्रघाती भनेका छन् ।

रावलसँग ऋषि धमलाले गरेको विशेष कुराकानीका क्रममा उनले यसो भनेका हुन “आफ्नो देशको भू–भाग विदेशीलाई लिजमा दिने कुरा जसले भनेको भएपनि त्यो रा ष्ट्रघाती कुरा हो ।रावलले अगाडि थपे  विदेशी शक्ति राष्ट्रहरुको प्रभावमा परेर जसले यस्ता कुरा गर्छ त्यो सरासर रा ष्ट्रघात हुन्छ । हिजो शासकहरुले पनि यस्तै कुरा गर्ने गरेकाले भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको हो ।

त्यस्तै उहाँले कालापानीको ठाउँमा भारतले अरु ठाउँको जमिन दिएपनि हुन्छ भन्नुभएको छ नि ? भन्ने प्रश्नको जबाफ दिँदै रावलले भने, “उहाँकै सभापति शेरबहादुरजी प्रधानमन्त्री हुँदा महाकाली सन्धी भएको थियो । त्यसको सट्टामा वर्दियामा जग्गा दिने भनेको त्यो त दिएको छैन । अहिले लिम्पियाधुरादेखि सुस्तासम्मका त्यत्रो क्षेत्रफलको भूभाग छोडेर भारतले हामीलाई अर्को ठाउँमा जग्गा दिन्छ । यस्ता का ल्पनिक र भ्र म सिर्जना गर्ने विचारहरु नै राष्ट्रघाती अभिव्यक्ति हुन् ।

प्रकाशित मिति January 8, 2020
Loading...