ओली सरकारले ८ महिनामै बोकायो १ खर्बको ऋ’णको भारी, एक नेपालीको भागमा ३६,३९४ रुपैयाँ

काठमाडौं–: एक नेपालीको भागमा ३६,३९४ रुपैयाँ ऋ’ण पर्ने देखिएको छ । कात्तिक महिनासम्मको तथ्यांक अनुसार आधारमा एक नेपालीको भागमा औसतमा ३६ हजार ३९४ रुपैयाँ ऋ’ण पर्ने देखिएको हो ।अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले तिनुपर्ने ऋ’णको रकम १० खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । केन्द्रीय तथ्यांक विभागले अहिले नेपालको जनसंख्या २ करोड ९७ लाख ८५ हजार ४५३ जना भएको अनुमान गरेको छ । सो आधारमा प्रतिव्यक्ति नेपालीलाई लागेको ऋ’णभार ३६ हजार ३९४ रुपैयाँ रहेको छ ।

कुल ऋ’णमा सरकारले आन्तरिक तर्फ ४ खर्ब ५२ अर्ब ५९ करोड रुपैयाँ तिर्न बाँकी छ । विदेशी ऋ’ण तर्फ ६ खर्ब ३१ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।सरकारले चार महिनाको अवधीमा आन्तरिक तर्फ ९० करोड बराबरको सावा र ६ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको ब्याज भुक्तानी गरेको छ ।बैदेशिक ऋ’ण तर्फ भने सरकारले २ अर्ब ३३ करोड रुपैयाँ सावा र ५५ करोड ५३ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।

गतवर्षको फागुन मसान्तसम्ममा नेपालले तिनुपर्ने ऋ’ण ९ खर्ब ७८ अर्ब ४५ करोड रहेको थियो । ८ महिनाको अवधीमा १ खर्ब १० अर्ब रुपैयाँले नेपालीले तिनुपर्ने ऋ’ण रकम बढेको छ । २०७५ असार मसान्तमा ९ खर्ब १६ अर्ब रुपैयाँ तिर्न बाँकी ऋ’ण रहेको थियो ।

सरकारले प्राप्त गर्न बैदेशिक अनुदान र ऋ’ण रकम चालु आर्थिक वर्षको चार महिनामा अघिल्लो वर्षको सोही अवधीको तुलनामा बढेको छ । अर्थमन्त्रालयले प्रकाशन गरेको चार कात्तिक मसान्तसम्मको विवरण अनुसार सरकारले १० अर्ब ७ करोड बैदेशिक अनुदान प्राप्त गरेको छ । अघिल्लो वर्ष यस्तो अनुदान ३ अर्ब ५४ करोड रुपैयाँ थियो ।बैदेशिक ऋ’ण तर्फ सरकारले २४ अर्ब ९५ करोड रुपैयाँ लिएको छ । अघिल्लो वर्षको चार महिनामा ११ अर्ब ३७ करोड रुपैयाँ बैदेशिक ऋ’ण लिएको थियो ।

प्रकाशित मिति January 7, 2020
Loading...