अष्ट्रेलियामा पानी परेपनि डढेलो नियन्त्र भएको छैन, १८ मानिससहित ५० करोड जनावर मृ*त्यु भैसकेको पुस्टि(फोटो फिचर)

सेप्टेम्बरदेखि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । यसले अष्ट्रेलिया सरकारलाई गम्भिर चुनौती दिइरहेको बेला प्राकृतिक सहयोगले अलिकति भने पनि राहत मिलेको बताइएको छ ।

अष्ट्रेलियामा पानी परेको छ । त्यस्तै ४६ डिग्रीसम्म पुगेको गर्मीमा पनि कमी आएको छ ।मिडिया रिपोर्टका अनुसार आइतबार तथा सोमबार पानी परेका कारण डढेलो नियन्त्रणका लागि केही सहज वातावरण बनेको छ ।तर, अधिकारीहरुले भने अष्ट्रेलियाको डढेलो नियन्त्रणका लागि यो वर्षाले खासै केही नहुने बताएका छन् ।सिड्नी, मेलबर्न लगायत केही स्थानमा पानी परेको हो ।डढेलोका कारण करोडौँ जनावरहरुको ज्यान गएको छ भने हजारौँ मानिसहरु विस्थापित भएका छन् । हालसम्म डढेलोका कारण १८ जनाको ज्यान गइसकेको छ ।

खतराको स्तरमा पुगेको अष्ट्रेलियाको जङ्गलमा लागेको भीषण डढेलोले अष्ट्रेलिया सरकारलाई मात्र समस्यामा पारिरहेको छैन, यसको बढ्दो क्षतिले विश्व समुदायलाई नै अत्याएको छ ।चार महिनादेखिको डढेलो नियन्त्रणमा आउने भन्दा बढी नियन्त्रण बाहिर गइरहेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ । डढेलोका कारण अहिलेसम्म १८ जनाको ज्यान गइसकेको छ भने करीब ५० करोड जनावर र पंक्षीहरुको मृत्यु भइसकेको छ ।

आगोले २ सय बढी घरमा पनि क्षति पुगेको छ । थुप्रै मानिसहरु अहिले पनि आगोबाट प्रभावित क्षेत्रमा बसिरहेका छन् ।युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले अहिलेसम्म ५० करोड जनावर डढेर मरिसकेको उल्लेख गरेको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् ।न्यू साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएम) ले जङ्गलको डढेलोका कारण नावरा नजिकैको उत्तरी किनारमा आफ्नै मौसम प्रणाली विकसित भएको जनाएको छ । यसलाई आरएफएसले निकै नै खतरनाक स्थिति बताएको छ ।

यो डढेलो अष्ट्रेलियाको भिक्टोरिया र न्यू साउथ वेल्सको तटीय इलाकामा सबैभन्दा धेरै फैलिएको जनाइएके छ । आगलागीका कारण हावा र विषालु धुँवाका कारण पूर्वी तटमा रहेको इलाकामा जीवनयापन निकै मुस्किल भएको छ । मानिसहरु घर छोडेर भागिरहेका छन् । मृतकको संख्या लगातार बढिरहेको छ । अष्ट्रेलिया सरकारले थुप्रै इलाकामा संकटकालको घोषणा गरेको छ ।

भिक्टोरियाको स्थिति थप भयानक बनिरहेको छ । शनिबार तीब्र गतिको हावाका कारण आगो थप फैलिएको छ । बढ्दो तापक्रमका कारण अग्नी नियन्त्रणमा खटेका समूहले ठूलो समस्या व्यवहोर्नु परेको छ । थुप्रै स्थानमा तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुगेको छ । मौसम विभागका अनुसार हावाले थप आगो फैलाइरहेको छ । यसबाट आउने धुँवाले उद्दारकार्यमा बाधा पुर्‍याइरहेको छ । आगोका कारण हजारौं मानिसहरु घर शहर छोडेर शरणार्थीको रुपमा बस्न बाध्य छन् ।न्यू साउथ वेल्सको मध्य–उत्तरी इलाकामा सबैभन्दा धेरै जनावरको बसोबास छ । तर जङ्गलमा लागेको आगोका कारण उनीहरुको जनसंख्यामा भारी गिरावट आएको छ । एउटा सानो आगोको फिलुङ्गोले कतिसम्मको विध्वंस मच्चाउन सक्दोरहेछ भन्ने उदाहरण अष्ट्रेलियाको डढेलोले विश्वलाई प्रमाणित गरिरहेको छ ।

                 

             

प्रकाशित मिति January 7, 2020
Loading...