देशका लागि जे गर्ने स’पना थियो त्यो पूरा हुन सकेन : प्रचण्ड

काठमाडौं -: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफुले देशका लागि जे गर्ने सपना थियो त्यो पूरा हुन नसकेको बताएका छन। शनिबार काठमाडौंमा आयोजना भएको अन्नपूर्ण काठमाडौं समाज को साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले आफु दुईपटक प्रधानमन्त्री भएपनी देशका लागी जे गर्छु भनेको थिए त्यो पुरा हुन नसकेको बताएका हुन्’ ।

कार्यक्रममा उनले आफ्नो बाँकी जीवन विकास र समृद्धिमा केन्द्रीत रहने बताए। उनले भने ‘हुनत मैले दुई पटक देशको प्रधानमन्त्री सम्हाल्ने मौका प्राप्त गरेँ। तर मैले जे सपना नेपालकै लागि यत्ति चाहिँ मैले गर्न सक्छु र गर्न पर्छ भन्ने ठानेको हो त्योगर्न सकेको छैन,आफुले देशका लागि धेरै गर्न बाकीँ रहेको बताउदै अध्यक्ष प्रचण्डले भने मैले देशको लागि पनि गर्नुपर्ने अहिलेको भन्दा अलि धेरै बाँकी ‘छ।

मैले देशभरि जाँदा भन्ने गरेको छु मेरो बाँकी जीवन अब विकास निर्माण र समृद्धिको निम्ति नै केन्द्रीत छु। कार्यक्रममा उनले भने,आउने दिनमा ती सपनाहरू पूरागर्न संकल्प लिएकै छु।’ साथै उनले आफ्नो जन्मस्थान कास्की जिल्लाका लागि पनि सोँचे अनुरुप काम गर्न नसकेको र आगामी दिनमा ती पुरा गर्ने प्रयास गर्ने बताए। अध्यक्ष प्रचण्ड विसं २०६४ र २०७३ साल गरी दुईपटक प्रधानमन्त्री भएका थिए’।

प्रकाशित मिति January 5, 2020
Loading...