प्रधानमन्त्रीज्यू, यी बुढो किसानको आँशुले तपाइँलाई छोएन ?

काठमाडौं -: ठूलो भरोसा र आशा गरिएका प्रधानमन्त्रीमा पर्छन्, केपी शर्मा ओली । उनी भ्र’ष्टाचा’री, घुसखोरी, ठ’गी, अपराधिविरुद्ध र जनताको पक्षमा मिठो र आशा लाग्दो भाषण गर्छन् । सबैजनाले उनको भाषणप्रति विश्वास गरेका छन् । उनी नेतृत्वको पार्टी नेकपाले अहिले इतिहासकै शक्तिशाली सरकारको नेतृत्व लिइरहेको छ । बहुमतसहितको सरकार चलाएका प्रधानमन्त्री ओलीप्रति जनताको आशा र भरोसामा हुनु स्वभाविकै हो । तर, जनताको आशा र भरोसप्रति प्रधानमन्त्री ओलीले निर्वाह गर्ने भूमिकाबारे केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको दुई किसानको तस्विरले प्रष्ट पारिरहेको छ ।

यी दुई तस्विरले सारा नेपालीको मन दुख्यो । प्रधानमन्त्री ओलीलाई यी तस्विरले छोयो कि छोएन, तर जनताले उनीमाथि गरेको भरोसा र विश्वासमा भने ह्रास आयो । चार वर्षदेखिको उखुको करिब साढे एक अर्ब रुपैयाँ चिनी मिलले नदिएपछि ऋणमा डुबेका किसान न्याय खोज्न काठमाडौंमा आएका छन् । काठमाडौंको चिसो सडकमै सुतेर न्याय मागेका ति किसानको आँखाबाट खसेको आँशुले प्रधानमन्त्रीदेखि नेतासम्म, प्रशासनदेखि प्रहरीसम्मलाई छोयो कि छोएन, तर आम सर्वसाधारण नेपालीको मन भने दुख्यो । मनमनै रोए, गणतन्त्रको उपलब्धी यही हो भन्ने अनुमान गरे । शहीदको बलिदानी शासकको शासन फेर्न होइन शासकमा पात्र फेर्नका लागि रैछ भन्ने जनताले अड्कल काटे ।

 

प्रकाशित मिति January 3, 2020
Loading...