टंक तिमिल्सिना र रेखा जोशीको नयाँ देउडा गीत “लै लै” सार्वजनिक (भिडियो सहित)

युएइ -: लोकपप तथा देउडा गायक टंक तिमिल्सिना र रेखा जोशीको नयाँ देउडा गीत इन्टरनेटमा सार्वजनिक भएको छ।बिहिवार सार्वजनिक “लै लै” बोलको गीतमा टंक तिमिल्सिना र रेखा जोशीको आवाज सुन्न सकिन्छ। गीतमा टंककै संगीत रहेको छ भने हर्क साउदको शब्द रहेको छ’।

गीतका एरेन्जर टंक नै हुन। उनले यसै गीत मार्गत एरेन्जमा हात हालेका छन। उनको यो गीतमा पहिलो एरेन्ज भएपनि गीत सुन्दा प्रोफेसलन एरेन्जर जस्तो लाग्ने गर्छ।सुन्दा एकदमै मौलिक लाग्ने उक्त देउडा गीतको अडियो जति सुमधुर छ, भिडियो पनि त्यतिकै आकर्षित बनेको छ।भिडियोमा चर्चित युटुबर तथा भिजे सोनिका रोकाय र मिस्टर ह्यान्डसम २०१९ का विजेता अभिषेक खड्का फिचर्ड छन’।

भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन।प्रकाश खड्काले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन।’ मैना,मैना २ जस्ता थुप्रै चर्चित देउडा गीतबाट दर्शक स्रोताको मनमा बसेका गायक दोय टंक र रेखा ले यो गीतबाट पनि दर्शक स्रोताको धेरै माया पाउनेमा विश्वस्त रहेको बताएको छन।
टंक तिमिल्सिना र रेखा जोशीको नयाँ देउडा गीत “लै लै” सार्वजनिक (भिडियो सहित)

हेर्नुस भिडियो

प्रकाशित मिति January 2, 2020
Loading...