१२ घन्टाभित्र जिल्ला छोड्न निर्देशन थियो एसपी मल्ल भन्छन् “१ घन्टाको पत्र आए पनि चितवन छोड्दिनँ”

काठमाडौं -:  चितवनका प्रहरी उपरीक्षक एसपी दानबहादुर मल्लले आफुले तत्काल जिल्ला नछाड्ने बताएका छन् । उनले विभागीय प्रक्रिया अन्तरगत प्रदेश प्रहरी कार्यालयको तर्फबाट पत्र आएकाले त्यसलाई आधार मानेर तत्काल जिल्ला नछाड्ने बताएका छन् । उनले भने, ‘एक घन्टा भनेर पत्र आएपनि चितवन छोड्दिनँ । पत्र नियमित प्रक्रिया हो ।

तीन नम्बर प्रदेश प्रहरी कार्यालयले एसपी मल्ललाई १२ घन्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको थियो । बिहीबार नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल चितवनमै रहेको जानकारी दिदै मल्लले आफुले आदेशको पालना गर्ने तर भिआइपीको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण भएको बताए ।

बुधबार प्रदेश प्रहरी कार्यालयले पत्र नै लेखेर मल्ललाई जिल्लामा प्रनाउलाई बुझबुझारत गरी जिल्ला छोड्न निर्देशन दिएको थियो । प्रहरी प्रधान कार्यालयले पुस ४ गते मल्लाको सरुवा गरेको थियो । उनको ठाउँमा सरुवा भएकी गंगा पन्तले मल्लले जिल्ला नछाडेकाले आफु चितवन जान नपाएको बताएकी छन् ।

प्रकाशित मिति January 2, 2020
Loading...