धना परियारको नयाँ मार्मिक गीत “दिलमै फुल्नलाई” सार्बजनिक! भिडियो हेरौ।

दुबई युएइ :नेपाली सांगीतिक बजारमा सामाजिक परिवेशलाई समेटी अझ भनौं सामाजिक यथार्थलाई टपक्क टिपेर गीतिमाला उन्न सिपालु सर्जक तिलक बोहराको शब्द सिर्जना रहेको नयाँ लोकदोहोरी कोसेली भर्खर मात्र सार्वजनिक भएको छ ।

विदेशमा नेपालीहरूले पाएका दूःख नेपाली यूवायूवतीले देख्ने सपना सामाजिक संजालका बिकृती जीवन भोगाई दूख सुख प्रेम – बिछोडलाई बिषय बस्तु बनाई उत्कृष्ट शब्द सिर्जना गर्न माहिर उनै सर्जक तिलक बोहराको शब्द सिर्जना शुभलक्ष्मी तामाङको लय गायिका धना परियार र गायक कर्साङ तामाङको स्वर रहेको गीति कोसेली दिलमै फुल्नलाई सार्बजनिक भएको हो।

जेनिथ शर्माको निर्देशन,लक्ष्मी शाही र प्रेम भारतीको अभिनय रहेको उक्त म्यूजिक भिडियोलाई रूकेश बरालले सम्पादन गरेका हुन ।

भिडियो हेर्नुहोस।

प्रकाशित मिति May 13, 2019
Loading...