सरकारले कालापानीसम्म बाटो बनाउने बजेट विनियोजन गरेको छ।गृहमन्त्री रामबहादुर थापा बादलले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा भएको छलफलमा बाटो खन्न बजेट छुट्याइएको जानकारी दिए।
गृहमन्त्री थापाले भारतसँगको सिमानामा १ सय ५ वटा सीमा चौकी स्थापना गर्ने जानकारी पनि दिए। त्यस्तै चीनसँगको सीमा ७ वटा सीमा चौकी स्थापना गरिने छ।
समितिमा सीमा समस्याबारे गृह, परराष्ट्र, भूमिलगायत चार विभागीय मन्त्रीसँग छलफल चलिरहेको छ।सरकारले कालापानीसम्म बाटो बनाउने बजेट विनियोजन गरेको छ।गृहमन्त्री रामबहादुर थापा बादलले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा भएको छलफलमा बाटो खन्न बजेट छुट्याइएको जानकारी दिए।
प्रकाशित मिति December 31, 2019