प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौँडा

काठमाडौं -: लामो समयदेखि अन्योलमा रहेको प्रदेश ३ को नामाकरण र राजधानीबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्णय गरेको छ । नेकपाले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौँडा कायम गर्ने निर्णय नेकपाले गरेको हो ।आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको थिएन । यसभन्दा अगाडी प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र बाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।

सत्तारुढ दल नेकपाले प्रदेश ३ को नाम ’वाग्मती’ राख्न प्रस्ताव गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामसँगै स्थायी राजधानी अहिलेको अस्थायी राजधानी हेटौडालाई नै बनाउने निर्णय पनि गरेको छ ।सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत भएकाले आजको निर्णय अनुसार नै अब प्रदेश तीनको राजधानी हेटौँडा र नाम बागमति रहने लगभग निश्चित भएको छ ।

समय अभावका कारण एक घण्टा मात्रै बसेर सकिएको बैठकमा सभामुख चयन तथा राष्ट्रियसभा निर्वाचनका बारे भने सामान्य छलफल मात्रै भएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।अब छिट्टै अर्को बैठक राख्रे सल्लाह भएको पौडेलले बताए । आइतबारको बैठक नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, महासचिव पौडेल लगायत अन्य सचिवालय सदस्यहरुको उपस्थिति थियो । पत्रकारहरुसँगको कुराकानीमा पौडेलले प्रदेशको नाम र राजधानीको विषयमा भने मुख खोलेनन् ।

प्रकाशित मिति December 29, 2019
Loading...