राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता शनिदेव को दर्सन गरौ

शनिदेवलाई न्यायको देवता मानिन्छ अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

शनिदेव अथवा शनि ग्रहको शांतिका लागि हाम्रो पौराणिक शास्त्रमा कैंयौ तरिका उल्लेख गरिएका छन् । जसमा प्रमुख रूपमा रुद्राभिषेक, हनुमानजी को सेवा र हवन आदि शामिल छन् ।

शनिबार यी पाँच कुरा किनेर घरमा नल्याउनुहोस्, संकट आउनसक्छ ज्योतिषका अनुसार शनिको असरबाट बच्नका लागि यस्ता मान्यताहरु छन् जसलाई शनिबारका दिन हामीले गर्नुहुँदैन । शनिबारको दिन गर्दा शनिदेव रिसाउँछन् भन्ने मान्यता छ ।

तेल : तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।

जुत्ता : शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने मान्यता रहेको छ ।

अन्न : शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ ।

नुन : घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ ।

फलाम : शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ ।

प्रकाशित मिति December 28, 2019
Loading...