रामकृष्ण ढकाल भन्छन् हल्ला मात्रै, ‘मेरो डि’भोर्स भएको छैन’अडियो सहित

काठमाडौ-:  गायक रामकृष्ण ढकालले आफ्नोबारे गलत हल्ला फैलाइएको भन्दै दुःख व्यक्त गरेका छन् । श्रीमती निलमसँग ‘डि भोर्स’ नभएको उनले बताएका छन् ।जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले ‘रामकृष्ण ढकालको सम्बन्ध विच्छेद भयो’ भनेर जानकारी दिएपछि हामीले गायक ढकालसँग टेलिफोनमा संक्षिप्त कुराकानी गरेका छौं

निलमजीसँग तपाईंको डिभोर्स भएको भन्ने कुरा सत्य हो ?यो सब झुठो हो, कसरी यस्तो हल्ला फैलियो मलाई थाहा छैन ।

जिल्ला अदालत काठमाडाैंका श्रेस्तेदारले त यस्तै जानकारी दिनुभएको छ नि ?म बुझ्दैछु । म नै अलमलमा परेको छु । डिभोर्स भएको भन्ने कुरा सरासर गलत हो । के रहेछ म बुझेपछि खबर गर्छु नि ।

त्यस्तो केही सम्भावना थियो र ?त्यस्तो सम्भावनाको कुरा केही छैन । मलाई धेरै जनाले फोन गरेर यसबारे जिज्ञासा राखिरहनुभएको छ । जसले मेरोबारे यस्तोहल्ला चलायो, त्यसविरुद्ध म कानुनी उपचारमा जान्छु

प्रकाशित मिति December 25, 2019
Loading...