आखिर भइ छाड्यो गायक रामकृष्ण ढकाल र पत्नी निलम शाह बिच डिभोर्स

काठमाडौं, ९ पौष -:  लोकप्रीय गायक रामकृष्ण ढकालले पत्नी निलम शाह ढकालसँग सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरुबीच बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेद भएको हो ।

ढकाल दम्पत्तिले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । दुवैको सहमति बमोजिम सम्बन्ध बिच्छेद भएको जनाइएको छ । जिल्ला अदालत काठमाडौंले सम्बन्ध बिच्छेदको पुष्टि गरेको छ ।

रामकृष्ण र निलमबीच एक दशकअघि प्रेम विवाह भएको थियो । उनीहरुबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो । गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका छन् ।

प्रकाशित मिति December 25, 2019
Loading...