ऋषि सर र मलाइ हासोको पात्रा बनाए कमेडी च्याम्पियनले भन्दै एलिजा आक्रोशित

नवनायिका तथा चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले आफ्नो आलोचना गर्नुभन्दा अघि दशपटक सोच्नुपर्ने बताएकी छिन् । केहिदिन अघि कमेडी रियालिटी शो ‘कमेडी च्याम्पिएन’को सुटिङमा पुगेका धमला दम्पतीलाई प्रतियोगीहरुले ब्यंग्य गरेका थिए ।

‘कसैले आलोचना गर्दा दशपटक सोच्नुपर्छ । आलोचना गर्ने पनि एक लिमिट हुन्छ । अरुको जीवनमा कत्तिको असर पर्छ त्यो सोचेर मात्र बोल्नुपर्छ ।’ एलिजाले सञ्चारकर्मिसँग कुरागर्दै भनिन् ।मैले एक चलचित्रमा काम गर्दा असफल भए भन्दैमा लगातार ब्यंग्य गर्नु राम्रो होइन ।’

एलिजाले आलोचना गर्दा अन्य काममा नैराश्यता सिर्जना हुनेहुँदा आलोचना नगर्न आग्रह पनि गरिन् । यस्तै पत्रकार ऋषि धमलाले भने आलोचनासँग डराउन नहुने प्रतिक्रिया दिए । ‘कसैले आलोचना गर्छ भने त्यसलाई सकारात्मक तरिकाले लिनुपर्छ ।

झन् अघिबढ्नका लागी प्रेरणा प्रदान गर्छ । त्यसैले आलोचनासँग डराउनु हुँदैछ ।’ एलिजाले निर्माण तथा अभिनय गरेको चलचित्र ‘अनुराग’ असफल भएपछि अर्को चलचित्र बनाएकी छैनिन् भने अफर पनि आएका छैनन् । ऋषि धमला र एलिजा गौतम बिशेष अतिथिको रुपमा रहेको ‘कमेडी च्याम्पिएन’को नवौं भाग सोमबार साँझ कान्तिपुर टेलिभिजनमार्फत प्रसारण भएको थियो ।

प्रकाशित मिति December 24, 2019
Loading...