बाँसबारीको शंकास्पद घरमा प्रहरीको छापा, बैंक ह्याक गर्ने अर्को ‘चिनियाँ गिरोह’ पक्राउ !

काठमाडौं–:  प्रहरीले काठमाडौंको महाराजगञ्ज–बाँसबारी क्षेत्रको एउटा घरमा खानतलासी गरी केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।बाँसबारीस्थित होटल साम्बला नजिकको एउटा शंकास्पद घरमा खानतलासी गरी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले खबरहबलाई जानकारी दियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बाँसबारीको साम्बला होटेल नजिकै रहेको एउटा शंकास्पद घरमा खानतलासी गरेको हो ।घरबाट कम्तिमा ४ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरु चिनियाँ नागरिकहरु हुन् ।

उनीहरु काठमाडौंका केही बैंकहरु ह्याकिङ गर्ने अर्को योजनामा संलग्न रहेको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँहरुलाई पक्राउ गरेको थियो ।एटीएम ह्याक गरी रकम लुटपाटमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठीत अपराधअन्तर्गत मुद्दाको पुर्पक्षका लागि जेलमा छन् ।

यो न्युज खबरहुब डटकम बाट साभार गरिएको हो

प्रकाशित मिति December 23, 2019
Loading...