सरकारले कूटनीतिक टिप्पणी पठाएर अनेक प्रयास गर्दा पनि सरकारको कुरामा भारतको बेवास्ता चण्डले गरे ग म्भीर खुलासा

काठमाडौं –:  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा र भारतबारे ग म्भीर खुलासा गरेका छन् । पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो खुलासा गरेका हुन् ।बैठकमा बोल्दै प्रचण्डले नेपाली भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको विषयमा सरकारले कूटनीतिक टिप्पणी पठाएर अनेक प्रयास गर्दा पनि सरकारको कुरामा भारतले वास्ता नै नगरेको बताएका छन् ।

प्रचण्डले अनेक कोशिस गर्दा पनि भारतले बेवास्ता गरेको, सरकारको कुरा नै नसुनेको गुनासो समेत गरेका थिए । बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले महाकालीको मुहान लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको दाबीसहित भारत सरकारलाई जानकारी गराए पनि रेस्पोन्स नगरेको ब्रिफिङ गरेका हुन् ।

नेपाल–भारत सीमा समस्याबारे हामीले पटकपटक ध्यानाकर्षण गराएका छौं । भारतको भ्रमणमा गएका बेला पनि यस विषयमा जानकारी गराएका छौं । पहलै नगरेको भने होइन । पुरानै समस्या भएकाले भारतले खासै चासो देखाएको छैन । तै पनि हामीसँग यथेष्ट प्रमाण छन् ।

त्यतिबेला जनगणना गर्ने हाकिमहरू पनि जीवितै भएकाले हाम्रो दाबी पुग्छ । त्यतिबेला तिरो तिरेको रसिद प्रमाण पनि हामीसँग सुरक्षित छन् । अर्को, यस विषयमा राष्ट्रिय सहमति जुटेको छ ।

प्रकाशित मिति December 21, 2019
Loading...