माता काली को दर्शन गरि  २०७६ पुष ५ गते सनिबार को राशिफल हेर्नुहोस !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक क्षेत्रमा लगानी घट्नेछ। आत्म विश्वास बढ्नेछ। वैचारिक मत भिन्नत बढ्नेछ। अध्ययन अध्यापन मध्यम रहनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । रोगबाधक क्षमता वृद्धि हुनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। चोटपटक लाग्न सक्छ। राजनीतिक अन्योलता बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्रामा मन जानेछ। ईच्छा शक्ति बढ्ने छ। वाहन सुख मिल्नेछ। कुरा काट्नेहरू बढ्ने छन्। भूमिसम्बन्धी कार्य सफल हुने छन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
राजनीतीक दायित्व बढ्नेछ। रोजगारमा विवाद उत्पन्न हुनेछ। आलस्यता बढ्नेछ। मित्रको सहयोगले महत्वपूर्ण कार्य सफल हुनेछन्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मन खिन्न हुने स्थिति आउनसक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बौद्धिकता बढ्नेछ। आम्दानीको स्रोत फेला पर्नेछन्। स्वास्थ्य सामान्य रहने छ। लेखनकार्य सफल हुनेछ। शारीरिक कष्ट बढ्नेछ। शत्रु बढ्नेछन्।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आर्थिक सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। विद्या प्राप्ति हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। भूमि, वाहन खरिद गरिनेछ। शत्रु सक्रिय हुनेछन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
बन्न लागेको काम विग्रिनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फलदायी यात्रा नहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अधुरा कार्य पुरा हुनेछन्। व्यापारमा सुधार आउनेछ। विद्यामा सफलता मिल्नेछ। समाजमा मान, प्रतिष्ठा बढ्नेछ। सत्रु सक्रिय रहनेछन्।

प्रकाशित मिति December 20, 2019
Loading...