भीम रावलको प्रश्न, ‘बैठकलाई ढाँटेर राजपासँग किन सहमति गरियो ?

काठमाडौं -:  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरूले राजपासँगको दुईबुँदे सहमतिप्रति आ पत्ति प्रकट गरेका छन् । बिहीबारको स्थायी कमिटी बैठकमा समय मागेर बोल्दै भीम रावलले विधि र पद्धति अवलम्बन गरेनौं भने पार्टीलाई चलाउन नसकिने भन्दै सहमतिको औचित्यमा प्रश्न उठाएका थिए ।

स्थायी कमिटीको बैठक लामो समयसम्म राख्न नसकेकाप्रति राजनीतिक प्रतिवेदनमा गल्ती स्वीकार्ने । आगामी दिनमा गल्ती हुने छैनन् भनेर बैठकमा भन्ने,” उनले भने, “तर पार्टीको बैठक भइरहेका बेला बैठकलाई कुनै जानकारी नदिई, छलफल नगरी, बालुवाटारमा गएर तपाईंहरूले कसरी सहमति गर्नुभयो भनेर ग म्भीर रूपमा उठाइएको छ । यहाँ विस्तृत छलफल हुन पाएन ।उनले राजपासँगको सहमतिबारे स्थायी कमिटीलाई जानकारी गराइनुपर्ने र सहमतिको औचित्य पुष्टि हुनुपर्ने बताए

प्रकाशित मिति December 19, 2019
Loading...