काठमाण्डाै -: राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित भएको छ । एयरलाइन्स कृटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड प्रदान गरेको हो । एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्लगर, यात्रु तथा एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई उक्त अवार्ड दिइएको एसोसिएसनका प्रमुख टीपीएस ग्रोबरले जानकारी दिनुभयो ।
मूल्यांकनका अन्य आधारहरुमा विमानस्थालमा यात्रुलाई गर्ने व्यवहार, उडानका बेला क्रु मेम्बरले गर्ने व्यवहार, खानाको गुणस्तर, सुरक्षित यात्रा, सिट, तथा मूल्य आदिलाई लिइएकाे उहाँले बताउनुभयो ।यस्तै एसोसिएसनले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई ‘एयरलाइन सिइओ अफ द इयर’ का रुपमा समेत छनोट गरेको जनाएको छ । एसोसिएसनले विगत चार वर्षदेखि एयरलाइन्सहरुको समीक्षा गरी अवार्ड प्रदान गर्दै आएको छ । यसअघि यो अवार्ड थाइ एयर र फिन एयरले पाइसकेका छन् ।
प्रकाशित मिति December 19, 2019