राजपाका नेताहरु प्रधानमन्त्री ओलीको शरणमा

काठमाडौं -: राष्ट्रियसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रिय जनता पार्टी राजपासँग गठबन्धन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीका शीर्षनेताले बुधबार गठबन्धन गर्ने सहमति गरेका हुन् ।राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको हो । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको हो ।

जसअनुसार आगामी माघ ९ गते सम्पनन हुने प्रदेश २ को राष्ट्रियसभा निर्वाचका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपालले सहयोग गर्नेछ । त्यसैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपाले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ ।

यस्तै, दुई पार्टीबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने सहमति भएको छ ।पच्छिलो केही समय देखि राजपाका नेताहरु विभिन्न च्यानल प्रयोग गरी नेकपाका अध्यक्षद्धय सँग सहकार्य गर्ने प्रयास थालेका थिए । श्रोतले दिएका जानकारी अनुसार राजपाका नेताहरु सरकारमा जान पनि तयार रहेका छन् ।

यता, नेकपा अध्यक्षद्धय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग लामो सहकार्य गरेर अगाडि जान नसकिने संकेत गरे पछि राजपालाई सरकारमा लैजाने प्रयास थालेका छन् । यो सहमति सँगै राजपा र समाजवादी पार्टीबीच एकिकरण प्रयासमा धक्का लाग्ने जानकारहरुको बुझाई रहेको छ ।

प्रकाशित मिति December 18, 2019
Loading...