बिमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई निलम्बित सगै ५० हजार जरिवाना

काठमाडौं :– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार खेलाडीलाई कार वाही गरेको छ। एन्फाले बिमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कार वाही गरेको हो।

उनीहरुलाई जनही ५० हजारसमेत जरिवाना गरिएको छ । विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कार वाही गरिएको हो।

एन्फाले त्यतिबेलै चारै खेलाडीलाई निलम्बन गरेको थियो। एन्फाको अनुशासन समितिले विमल र दिनेशमाथि ९० दिनको तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रति बन्ध लगाएको छ। चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनै पनि प्रतियोगिता खेल्न नपाउने महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। चारैजना खेलाडीले कुवेतसँगको खेलका साथै १३औँ दक्षिण एशियाली खेलकूद (साग) गुमाउनु परेको थियो।

प्रकाशित मिति December 14, 2019
Loading...