दुखत खबर!युएईबाट नेपाल उड्न ७ घण्टा मात्रै बाँकी छँदा शुकमायाले  प्राण त्यागिन्

युएई -:  रोजगारीको लागि युएई आएकी एक नेपाली चेलीको ज्यान गएको छ । स्वदेश फर्कन ७ घण्टा मात्रै बाँकी रहंदा चितवन अप्तारी २ की २३ वर्षीया शुकुमाया टमाटाको ज्यान गएको हो । करिब दुई वर्षअघि यहाँ आएकी शुकुमाया शारजहाँको एक विद्यालयमा सरसफाइ मजदुरको रुपमा काम गर्दै आएकी थिइन् ।उनको गत डिसेम्बर ५ तारिख बिहीबारका दिन नेपाल फर्कने टिकट थियो । उनी बुधवार साथीसँग किनमेल गर्न भन्दै मार्केट निस्केकी थिईन् । तर उनी मार्केट पुग्नेबित्तिकै अचानक बेहोस भएर ढलेकी थिइन् ।

अचेत अवस्थामा रहेकी उनलाई तुरुन्तै अजमान स्थित खलिफा अस्पताल पुर्याइएको थियो । उनको बिहिबार बिहान अस्पतालमै ज्यान गएको हो ।
उनी विदा सकाएर दुई महिना अघिमात्रै युएई फर्केकी थिईन् । घबाट फर्किएको केही दिनमै उनलाई मुटुमा समस्या देखिएको थियो। मुटुमा समस्या देखिएपछि डाक्टरको सुझाव अनुसार नेपालमै उपचार गराउने योजना बनाएर उनी स्वदेश फर्कन लागेकी थिईन् । मृतक शुकमायाका श्रीमान र ४ वर्षकी छोरी छन् ।

प्रकाशित मिति December 10, 2019
Loading...