भारतले प्लाष्टिकको चामल मिसाएर पठाउने गरेको गम्भीर खुलास, भारतीय चामल नखान अनुरोध

काठमाडौ -: नेपालमापनि नक्कली चामलको बिगबिगी देखिएको छ । प्लाष्टिक चामल भित्रिएको तथ्य बाहिर आएसँगै सचेतना फैलाउन थालिएको छ । नेपालभर पाइने भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामलमा प्लाष्टिक चामल मिसाईएको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ जिल्ला प्रशासन कार्यालय गोरखाले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरुलाई आदेश गरेको छ । गोरखा नगरपालिका–६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि खाना खान लाग्दा उक्त ब्राण्डको चामल प्लाष्टिकको भएको खुल्न आएको थियो l

उनले भने, खाना खान लाग्दा अस्वाभाविक रुपमा फर्रर परेको देखियो । युट्यूबमा केही भिडियो हेरेको थिएँ, प्लास्टिकको चामल हो कि भन्ने शंका लागेर डल्लो बनाइ भुईँमा बजार्दा माथिसम्म उफ्रियो ।

जिल्ला प्रशासन कार्यालयको टोलीले पकाइएको भातसहित चामलको नमुना संकलन गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेल जानकारी दिनुभयो । यस विषयमा सरकारी पक्षले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति December 9, 2019
Loading...