बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा,भुटान लाइ जितेर स्वर्ण लिने पक्का सहमत हुनेले सेयर गरौ

काठमाडौं-:  १३ औं साग फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।आइतबार दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालको जीतमा खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले गरेको गोलनै निर्णायक बन्यो ।नेपाल र बंगलादेशले पाएका केही अवसर खेर फाल्दा थप गोल हुन सकेन र नेपाल विजयी भयो ।

अब नेपालले स्वर्ण पदकका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।शनिवार माल्दिभ्सलाई पराजित गर्दै भुटानले फाइनमा स्थान सुरक्षित गरेको थियो ।

नेपालले यसअघि तीन पटक साग फुटबलमा स्वर्ण जितेको थियो । पहिलो सस्करण, आठौं संस्करण र बाह्रो संस्करणमा  नेपालले स्वर्ण जितेको थियो ।

प्रकाशित मिति December 8, 2019
Loading...