राम लिम्बु बने ‘द भ्याइस अफ नेपाल २’ का विजेता,विजेता भएपछि  लिम्बुले के भने?

काठमाडौं – द भ्याइस अफ नेपाल सिजन २ मा राम लिम्बु विजयी भएका छन् । राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको भव्य ग्राण्ड फिनालेमा उनी दर्शकको भोटका आधारमा विजयी भएका हुन् ।उनी प्रमोद खरेलको टिमबाट प्रतिस्पर्धामा थिए ।

साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।तीमध्ये ग्राण्ड फिनाले राउण्डमा ४ प्रतियोगी छनोट भएका थिए । कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलका लागि छनोट भएका थिए ।

शनिवार भएको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । यो रियालिटी शो पछिल्लो समय नेपालमा रुचाइएको रियालिटी शोमध्ये एक हो ।योसँगै राम लिम्बुले नगद रु. १२ लाख र गाडी जितेका छन् । साथै उनले एक म्युजिक एल्बममा गीत गाउने अफर समेत पाएका छन् ।

चर्चित रियालिटी शो ‘द भ्याइस अफ नेपाल सिजन २’ मा विजयी भएका राम लिम्बुले यो जीत सम्पूर्ण दर्शकको भएको बताएका छन् ।राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको ग्राण्ड फिनालेमा दर्शकको सर्वाधिक भोट पाएर विजयी भएपछि लिम्बुले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरे । साथै उनले सबै दर्शकलाई धन्यवाद समेत दिएका छन् ।सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘यो जीत मेरो मात्रै होइन, तपाईंहरुको पनि हो, मलाई यहाँसम्म भोट गरे प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न माध्यमबाट साथ र सहयोग गर्नुहुने सम्पूर्ण नेपाली महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दुछु ।

भोलिका दिनमा उनले संगीतका माध्यमबाट दर्शकको मन जित्ने पनि प्रयत्न गर्ने पनि बताएका छन् ।लिम्बुले ‘द भ्वाइस अफ नेपाल’को स्टेजमा गीत गाएर लाखौँ दर्शकको मन जित्न सफल भएका थिए । उनी प्रमोद खरेलको टिमबाट उत्कृष्ट ४ मा परेका थिए ।

 

प्रकाशित मिति December 8, 2019
Loading...