खुसीको खबर, नेकपाले कालापानी सहितको  नयाँ नक्सा जारी गर्न लगाउने

काठमाडौं-: भारतले गत कात्तिक २ गते जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र नालापानीलाई समेत समेटेको विषयले चर्को रुप लिइरहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ नक्सार तयारी गरी वितरण गर्न सरकारलाई आग्रह गरेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय समाचार समिति (रासस)ले लेखेको समाचारअनुसार नेकपाले पार्टीगत निर्णय नै गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई नेपालको नक्सा तयार गरी वितरण गर्न भनेको छ ।राससको समाचारमा नेकपा सचिवालय सदस्य बामदेव गौतमको भनाइ उल्लेख गर्दै लेखिएको छ, ‘हामी अरु देशको एक इञ्च भूमि पनि लिँदैनौ र हाम्रो भूमि पनि छाड्दैनौं । त्यसका लागि सरकारको सम्बन्धित मन्त्रालयले आवश्यक पहल गरेर नक्सा सार्वजनिक गर्नेछ ।

रासससँगको ‘कुराकानी’मा नेकपा नेता गौतमले सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीको विशेष दूतको रुपमा वरिष्ठ नेता माधवकुमार नेपाल भारत जाने पनि तय भइसकेको जानकारी दिएका छन् ।नेपाल र भारतबीच लामो समयदेखि करिब १ सय ठाउँमा सीमासम्बन्धी विवाद चल्दै आएको छ । पछिल्लो समय नोपलको पश्चिमोत्तर भू–भाग लिम्पियाधुरा, कालापानी र नालापानीलाई भारतले आफ्नो भू–भागका रुपमा समावेश गर्दै नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ ।

प्रकाशित मिति December 6, 2019
Loading...