नेपाल–भारत सीमा नाकामा सिसिटिभी क्यामरा जडान

काठमाडौं -:  नेपाल भारत सीमानजिक रहेको सन्तगञ्जमा बाराको सुर्वण गाउँपालिकाले सिसिटिभी क्यामरा जडान गरेको छ । सुवर्ण गाउँपालिका–३ स्थित सन्तगञ्जमा सिसिटिभी क्यामरा सञ्चालन गर्नुका साथै सहायता कक्ष पनि स्थापना गरिएको हो । बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेलालाई दृष्टिगत गर्दै सो सहायता कक्ष राखिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । सीमा क्षेत्रमा हुने अ’पराधलाई नि’यन्त्रण गर्न स्थानीय प्रहरीको साझेदारीमा गाउँपालिकाले गरेको कामले यस क्षेत्रको आ’परा’धिक गतिविधि निय’न्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सोमबार काठमाडौंमा अत्याधिक चिसो बढेको छ । पश्चिमी बायु हिमालमा ठोक्किएर आएका कारण अत्याधिक चिसो महसुस भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जाडो शुरु भइसकेकोले अब काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा तल नै रहने मौसमविद शान्ति कँडेलेको भनाइ छ । उनका अनुसार काठमाडौंको आजको तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । यो तापक्रम हिजोको भन्दा ०.२ डिग्री सेल्सियस बढी हो । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मौसमविद शान्ति कँडेलका अनुसार काठमाडौंको न्यूनतम तापक्रम अन्य दिनको अनुसार बढ्न नसकेकोले दिउँसै चिसो महसुस गरिएको उनको भनाई छ । मौसमविद कँडेलका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस पुगेको छ । अन्य दिनहरुमा अधिकतम तापक्रल २२ देखि २५ डिग्री सेल्सियसम्म पुग्ने गरेको थियो । अहिले काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस छ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताउनुभएको हो ।

अस्पतालको बेथिति अन्त्य गर्न र सर्वसुलभ स्वास्थ्यसेवा प्रदान गर्न आफूले विशेषज्ञ डाक्टरसँगको छलफलमा डाक्टरले गर्ने १०ः०० देखि ५ः०० बजेसम्मको ड्यिटीको परिपाटी रहेकाले त्यसलाई हटाउन सुझाव आएको बताउनुभयो ।

स्वास्थ्यमन्त्री ढकालले विदेशी दाताले दिएको रकम सेवाका नाममा विदेशमै भ्रमण गर्ने र गोष्ठी गरेर रकम सक्ने खालको परिपार्टीलाई पूर्णरुपमा नियन्त्रण गरिने बताउनुभयो । उहाँले कमिसनका आधारमा औजार किन्ने र थन्क्याउने परिपाटीले पनि स्वास्थ्य क्षेत्रमा परिचालन गरिएका रकम यत्तिकै सिद्धिएको भन्ने जानकारी आफूले पाएकाले अब स्वास्थ्य क्षेत्रमा रहेको तमाम बेथितिको अन्त्य गरिने उहाँको भनाई थियो । स्थानीय तहमा हस्तान्तरण भएका अस्पताललाई सहयोग गर्ने दायित्वबाट सरकारपछि नहट्ने उल्लेख गर्दै उहाँले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले अस्पताललाई छारेरोग विशेषज्ञ अस्पतालसहित सम्पूर्ण रोगको गुणस्तरीय उपचार गर्नेगरी सेवा विस्तार गर्दै लगेको बताउनुभयो । उहाँले मध्यपुरथिमि क्षेत्रमा रहेका सबै अपाङगता भएकाको शिक्षा, स्वास्थ्य र उनीहरुको आवश्यकता पूरा गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै अपाङ्गता भएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था नगरपालिकाले गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा मन्त्री ढकाल र नगर प्रमुख श्रेष्ठले अभिभावक स्वावलम्बन समूहलाई रोटरी क्लब अफ मध्यपुरले दिएको पाँचवटा ह्वीलचियर प्रदान गर्नुभयो । त्यसैगरी आर्दश मावि लायकू, मानव विद्यागृह, स्वावलम्न समूह र दिवा कक्षा केन्द्र भूँलाखेलका अपाङ्गता विद्यार्थीका लागि ८८ थर्मस, टिफिन बक्सलगायतका सामग्री प्रदान गर्नुभयो ।

पुर्बेली न्युज बाट

प्रकाशित मिति December 4, 2019
Loading...