साग : भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर गुमाएको छ, रजत पदकमा   थन्किएको छ

काठमाडौं -: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबल फाइनलमा भारतविरुद्ध नेपालले लगातार दुई सेट जितेको छ। पहिलो सेटमा भारतसँग १७-२५ ले पराजित भएको नेपाल दोस्रो र तेस्रो सेटमा विजयी भएको हो।

दोस्रो सेटमा भारतमाथि २५-२३ ले विजयी भएको नेपालले तेस्रो सेटमा २५-२१ को जित दर्ता गरे पनि चौथो सेट मा १६-६ ल हार बेहोरेको छ र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको फाइनलमा नेपालले प्रतिस्पर्धात्मक दुई सेटमा जित निकालेको भए पनि खेलको अन्तिम सेटमा हरेर सोर्ण पदक गुमाएको छ ।

नेपाल श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै फाइनल पुगेको हो। शनिबार दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटको जित निकालेको थियो। यो नै अहिलेसम्म महिला भलिबलमा नेपालको ऐतिहासिक जित हो। यसअघि भएका सागमा नेपालले कास्य पदक मात्र हात पार्न सकेको थियो।

भारत सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३–० को सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको हो। समूह चरणको खेलमा भने नेपाल भारतसँग पराजित भएको थियो। भारतसँग पराजित भए पनि समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। फाइनलको पहिलो सेट भारतले जितेको छ।

प्रकाशित मिति December 3, 2019
Loading...