साग पुरुष फुटबल : पहिलो खेलमा नेपालको शानदार जित, भुटान ४ शून्यले पराजित

काठमाडौँ :– साग पुरुष फुटबल अन्तर्गत पहिलो खेलमा नेपालले शानदार जित निकालेको छ । भुटानलाई ४–० ले पराजित गर्दै नेपालले शानदार जित दर्ता गरेको हो ।

खेलको पाँचौ मिनेटमा नेपालका लागि पहिलो गोल कप्तान सुजल श्रेष्ठले गरे । पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालका लागि दोस्रो हाफको पाँचौ मिनेटमा कप्तान सुजल स्वयम्ले दोस्रो गोल गरे । सुजलले खेलको ५० औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाएका हुन् ।

त्यसैगरी खेलको ६६ मिनेटमा अभिषेक रिजालले हेडमार्फत् सुन्दर गोल गर्दै नेपालको अग्रता ३ शून्यले बढाए । सँगै खेलको ७७ औं मिनेटमा भुटानविरुद्ध मिच्चेन तामाङले चौथो गोल गरेका हुन् । तामाङको गोल नै नेपालको शानदार जितका लागि निर्णयक बन्यो । भुटानले केही प्रयास गरे पनि नेपालको जाली चुम्न सकेन ।

साग पुरुष फुटबल अन्तर्गत सोमबार भएको खेलमा भुटानले बंगलादेशलाई १–० ले हराएको थियो । यसअघि नै तीन अंक जोडिसकेको भुटानसँग नेपालले पहिलो खेल खेलेको हो । यो जितसँगै नेपालले तीन अंक जोडेको छ ।

 

प्रकाशित मिति December 3, 2019
Loading...