गणेशको पुजा गर्दै  वि.सं.२०७६ साल मंसिर १७ गते मंगलबारको राशिफल हेर्नुहोस्

वि.सं.२०७६ साल मंसिर १७ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि सप्तमी,४१ घडी ३३ पला,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र धनिष्ठा,२१ घडी ४० पला,दिउसो ०३ बजेर १९ मिनेट उप्रान्त शतभिषा । योग व्याघात,२३ घडी ०४ पला,दिउसो ०३ बजेर ५३ मिनेट उप्रान्त हर्षण । करण गर,बिहान १० बजेर २२ मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा उत्पात योग । चन्द्रराशि कुम्भ । काठमाडौंमा सूर्योदय ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०७ पला । गढीमाईमा विशेष पूजा। विश्व अपाङ्ग दिवस।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सिमित स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउँन सक्छन् । दाजुभाई तथा आफन्तलाई बिश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाव हुने तथा पति पत्निबिचको सम्बन्धमा अविश्वास बढ्नेछ । अन्यत्रै ध्यान मोडिदा पढाई लेखाईमा पछि परिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापारबाट राम्रो आम्दानि हुने हुनाले चिताएको काम समयमा सम्पादन हुुनेछ । कृषि तथा सहकारि व्यावसाय फस्टाएर जानेछ । नोकरि पाउँने तथा बढुवा हुने योग रहेकोछ । भुमि,बाहन तथा पैत्रिक सम्पतिमा बृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनेतले जीवन शैलिमा सुधार ल्याउँन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखि काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउँन चाहानेहरुका लागि समय उत्तम रहेकोछ । आत्मबिश्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउँन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा बिशेष सावधानि अपनाउँनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि बढिनै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुन सक्छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

मनपरेका मानिससँग रमाईलो यात्रामा निश्कन सकिनेछ । व्यापारबाट भनेजस्तो आम्दानि हुनेछ भने व्यापारकै सवालमा देश बिदशका यात्राको तय गर्न सकिनेछ । अथितिको रुममा सम्मान पाईने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । स्थाई सम्पति जोडने योग रहेकोछ । साझेदारी व्यावसायबाट भनेजस्तो आम्दानि हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिष्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउँन चाहने जोडीहरुका लागि समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । स्थाई सम्पति तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय तथा परिस्थितिसँग जुध्न नसक्दा अरुभन्दा पछि तपाईँको नाम आउँनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुनेछ । सस्कार तथा सस्कृति बिर्सनाले अग्रजहरु रिसाउनेछन् । मन परेको मानिस टाडिनाले मनमा खिन्नता पैदा हुनेछ । सेवामुलक व्यावसाय फस्टाएर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राम्रा तथा पुरुषार्थि काम गरि नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ । उत्पादन क्षेत्रमा गरिएको लगानि फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड बनाउदै लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ । खेलकुल,यात्रा तथा पत्रकारीतामा समय लगानि गर्नेहरुका लागि समयले राम्रो प्रतिफल दिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

धन सम्पती तथा आर्थिक अवस्था सुदृड बनाउदै प्रगती पथमा लम्कन सकिनेछ । व्यापार व्यवसायबाट अरुदिनभन्दा नाँफा बढि लिन सकिनेछ । अध्ययनमा मन जाने हुनाले पुरस्कार तथा प्रशंसा पत्र पाईने योग रहेकोछ । आफन्त तथा घरपरिवारका मानिसहरुसँग मिलेर अगाडी बढ्न सकिने हुनाले सबैले जिम्मेवारी बहन गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनितिकर्मि तथा समाजसेवीहरुले जनताको कामगरि नाम कमाउँन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछि पार्दै राम्रा काम गरि सम्मान पाउँने योग रहेकोछ । पढाईलेखाईमा मन जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउँनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्त तथा साथिभाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउँनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि लामो दुरिको यात्रा हुने तथा बिदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

प्रकाशित मिति December 3, 2019
Loading...