विमानस्थलका कर्मचारीको लापर्वाही गरेको भिडीयो‘भाइरल’ भएको छ अझै सेयर गरि मन्त्री योगेश भट्टराई सम्म पुराउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी एक महिला कर्मचारी फोनमा व्यस्त रहको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘भाइरल’ भएको छ। भिडियोमा विमानस्थलको ‘इमिग्रेसन डिपार्ट’ मा कार्यरत महिला कर्मचारी हाँस्दै मोबाइलमा कसैसँग कुरा गरिरहेको देखिन्छ।

सोही बेलामा लाइनमा बसेकामध्ये एकजना युवकले भिडियो रेकर्ड गरेरका हुन्। उनले आफ्नो फेसबुकमा अपलोड’ गरेर लामो लाइन हुँदा पनि कर्मचारी फोनमा मस्किँदै कुराकानी गरेको उल्लेख गरेका छन्। ती महिला कर्मचारीको नाम भने देखिएको र खुलाइएको छैन। उनी कार्यरत रहेको ‘डिपार्ट’ मा अन्य कर्मचारीहरू देखिएका छैनन्। उनी फोनमा बोलिरहेको बेलामा सेवाग्राही लाइनमा पालो पर्खेर बसेको भिडियोमा देखिएको छ।

साथ उनको अगाडि एकजना महिला सेवाग्राही आफ्नो काम गराउनका लागि प्रतीक्षारत देखिन्छन्। भिडियो सामाजिक सञ्जालमा राखेका ती युवकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमक्ष उक्त भिडियो पुर्‍याउन आह्वान गरेका छन्। मन्त्री भट्टराईले आफ्नो मन्त्रालय मातहतका कोही पनि कर्मचारीले गल्ती गरेको पाएमा कारबाही गर्ने बताएको स्मरण गर्दै उनले ती कर्मचारीको भिडियो पनि ‘शेयर’ गरेर भट्टराईसम्म पुर्‍याउन आह्वान गरेका हुन्।

प्रकाशित मिति December 2, 2019
Loading...