काठमाडौं, मंसिर १६: – काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिन नेपालले एकै दिन १५ स्वर्ण जितेको छ । २४ स्वर्णको छिनोफानो हुँदा नेपालले १५ स्वर्ण हात पारेको हो ।
नेपाललाई कराँते र तेक्वान्दोले सात–सात स्वर्ण दिलाएको छ । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ ।यस्तै, कराँतेमा दुई र तेक्वान्दोमा एक रजत जितेको छ भने तेक्वान्दोमा तीन र ट्रायथलनमा एक कास्य पदक पनि जितेको छ । सोमबार नै कराँतेमा मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले दुई÷दुई स्वर्ण जितेका छन् ।
प्रकाशित मिति December 2, 2019
Loading...