तंग्रिदै प्रधानमन्त्रीले आइसियुबाटै दिए भिडियो सन्देश (भिडियाेसहित)

१६ मंसिर, काठमाडौं -:  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तन्दरुस्त बन्दै गएको बताएका छन् ।मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले आज भिडियो सन्देश जारी गर्दै आफू स्वास्थ्य लाभ गरिरहेको र अवस्थामा उल्लेख्य सुधार आइरहेको बताएका छन् । ‘म उठेर हिड्न बोल्न सक्ने, साथीभाइसँग कुरा गर्न सक्ने अवस्थामा छु, भिडियो सन्देशमा उनले भनेका छन् हिजो मैले साग खेलकुदको उद्घाटन समारोह पनि पुरै हेरेँ ।’ उनले नेपाली खेलाडीहरुलाई देशको इज्जत राख्नेगरी खेल्न पनि आग्रह गरेका छन् ।

‘एपेण्डिसाइटिस भनेको कसैलाई समय र कुनै सूचना दिएर आउने रोग होइन, मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो, उनले भने, त्यसमा इन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलिएछ । इन्फेक्सन हटाउनका कारण हप्ता दश दिन लाग्ने भो । तर मेरो स्वास्थ्य राम्ररी अघि बढिरहेको छ सुधार भइरहेको छ । मेजर अप्रेशनपछि पनि म उठेर बोल्न सक्ने अवस्थामा छु ।’ प्रधानमन्त्री ओलीको एकसाता अघि एपेण्डिसाइटिसको अप्रेशन गरिएको थियो ।

प्रकाशित मिति December 2, 2019
Loading...