पहिलो पटक गृहमन्त्री थापा दौरा सुरुवालमा भिडियो सहित

गृहमन्त्री रामबहादुर थापा पहिलो पटक आज दौरा सुरुवाल कोट र ढाका टोपीमा देखिएका छन्।दक्षिण एशियाली खेलकुद सागको उद्घाटनका क्रममा गृहमन्त्री थापा दौरा सुरुवालमा सजिएर गएका थिए।

खेलकुद आयोजक निर्देशन समितिले समितिका सदस्यहरुलाई ‘ड्रेस कोड’ तोकेपछि थापा सो पहिरनमा गएका हुन्।प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री र खेलकुदमन्त्री निर्देशन समितिको सदस्य हुन्छन्।

यो नि पद्नु होस्

भैरहवा – पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी धार्मिक कार्यक्रममा भाग लिन रुपन्देही पुगेका छन् ।देशदर्शनको कार्यक्रमलाई निरन्तरता दिँदै उनी आज(आइतबार) रुपन्देहीको भैरहवा पुगेका हुन् ।पूर्वराजा शाहलाई भैरहवा विमानस्थलमा सयौँ स्थानीय तथा शुभेच्छुकहरुले स्वागत गरेका थिए ।

एक साता लामो यसपटकको पश्चिम यात्रामा रुपन्देहीको पर्रोहा धाम, मर्चवारीमाई, पाल्पाको पाल्पा भगवती, कपिलबस्तुको गोरुसिंगेमा रहेको मन्दिर तथा नवलपरासीको पाल्हीनन्दन मन्दिरमा पुजाआजा गर्ने कार्यक्रम रहेको छ ।साथै सो क्षेत्रका जनतासँग भेटघाटसँगै विभिन्न देवीदेवता तथा मन्दिर दर्शनको कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति December 2, 2019
Loading...