कास्कीमा विद्या भट्टराई भारी मत अन्तरले विजयी

पोखरा –:  कास्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्। कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै विद्या विजयी भएकी हुन्। ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि शनिबार उपनिर्वाचन भएको हो।

विद्या रवीन्द्रकी पत्नी हुन्। उनले कांग्रेस उम्मेदवार खेमराजलाई आठ हजार चार सय तीन मतअन्तरले जितेकी हुन्। विद्या २४ हजार तीन सय ९४ मतसहित विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी अधिकारीले १५ हजार ९ सय ९१ मत ल्याएर पराजित भएका हुन् ।

विद्याको जितसँगै पोखरामा नेकपा नेता तथा कार्यकर्ताले खुशीयाली मनाएका छन्। निर्वाचन आयोगले मतगणनाको अन्तिम परिणाम औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन ।

प्रकाशित मिति December 1, 2019
Loading...