कास्कीमा नेकपाकी विद्या भट्टराईको सानदार अग्रता

पोखरा -:  कास्की क्षेत्र नम्बर २ मा शनिवार भएको उपनिर्वाचनको जारी मतगणनामा नेकपाकी विद्या भट्टराईले सानदार अग्रता लिनु भएको छ । भर्खरै सार्वजनिक परिणाम अनुसार उनले ३ हजार २७६ मत ल्याउँदा काँग्रेसका उम्मेद्वार खेमराज पौडेलले २हजार ११५ मत ल्याउनु भएको छ ।

सिरहा । उपनिर्वाचन २०७६ अन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेकपाका उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन् । स्थानिय तह अन्तर्गत कल्याणपुरमा भएको निर्वाचनमा कुल ३४५० मतदातामध्ये २४८१ ले मत खसालेका थिए ।

खसेको मत परिणमबाट यादवले निकटतम प्रतिद्वन्दी राजपा नेपालकाका उम्मेदवार प्रदिप महतोलाई १७१ मतअनतरले हराएका हुन् । यादवले ८२५ मत प्राप्त गरि विजय हासिल गरेका छन भने राजपा नेपालका उम्मेदबार प्रदिप महतोले ६५४ मत प्राप्त गरेका थिए ।

५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आधाआधी आइसकेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा २१ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।
निर्वाचन भएका ४३ वडामध्ये नेकपाले २२ स्थानमा विजयी भएको थियो ।

नेकपा २१ ठाउँमा विजयी,काङ्ग्रेस ७ ठाउँमा विजयी,समाजवादी पार्टी २,राजपा २ ठाउँमा विजयी

 

प्रकाशित मिति December 1, 2019
Loading...