प्रचण्डले देवघाट जाने बेलामा निर्वाचनमा आएको भने पछि बृद्धबृद्धाको अपमान गरेको भन्दै  प्रदर्शन

चितवन-: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्कीको चुनावी सभामा दिएको अभिव्यक्तिविरूद चितवनको चौबिस कोठीमा बृद्धबृद्धाहरुले बिरोध जनाएका छन् ।नेकपाका अध्यक्ष प्रचण्डले कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा देवघाट जाने बेलामा निर्वाचनमा आएको भन्दै नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा संघीय संसदको चुनावको लागि उम्मेद्वार बन्नुभएका खेमराज पौडेललाई लक्षित गर्दै अभिव्यक्ति दिनु भएको थियो ।

अध्यक्ष प्रचण्डको अभिव्यक्तिपछि चितवनका बृद्धाबृद्धाहरुले हातमा बृद्वबृद्वालाई अपमान किन रु तपाई पनि एकदिन बद्ध हुनुहुन्छ लगायतका नारा लेखिएका पम्प्लेटहरु लिएर बिरोध जनाएका थिए ।

विरोध कार्यक्रममा अध्यक्ष प्रचण्डले बृद्धबृद्धाको सम्मान गर्छु, भन्दै भाषण गरेपनि निर्वाचनको बेलामा आएर प्रतिष्पर्धीसँग हार्ने डरले अपमान गरेको कुरा सह्य नहुने स्थानीय बृद्ध नरहरि पौडेलको भनाइ थियो ।पौडेलले कसैलाई पनि अपमान गरेर सीधै घाटमा जाउँला, भन्नु गलत भएको भन्दै बृद्धबृद्धाको सम्मान गर्नु पर्छ भन्ने कुराको पाठ अध्यक्ष प्रचण्डले सिक्नु पर्ने बताउनु भयो ।

प्रकाशित मिति November 29, 2019
Loading...