खुसीको खबर !सेनाले खोल्यो विस्फोटक पदार्थ उत्पादन गर्ने कारखाना सेयर गरौ

काठमाडौं -: नेपाली सेनाले विष्फोटक पदार्थ उत्पादन गर्ने आफ्‍नै कारखाना सञ्‍चालनमा ल्याएको छ । ‘सुनाचरी इमल्सन प्लान्ट’ मा बर्सेनि २ हजार ४०० मेट्रिकटन विष्फोटक पदार्थ उत्पादन गर्नसक्ने मेशीन जडान गरेको गरिएको छ ।

बुधबार जंगी अड्डामा बलाध्यक्ष रथी गौरव तण्डुलको प्रमुख आतिथ्यतामा नेपाली सेनाको उद्योगहरुबाट उत्पादित विष्फोटक पदार्थ वितरण प्रक्रियालाई थप सरल र व्यवहारिक बनाउने सम्बन्धमा छलफलसमेत भएको थियो ।

सेनाको सुनाचरी ईमल्सन प्लाण्ट र स्वयम्भू वारुदखानाबाट उत्पादित विष्फोटक पदार्थहरुको गुणस्तर, उत्पादन क्षमता र आपूर्तिमा सुनिश्चितता तथा वितरण प्रक्रियालाई थप सरल, सहज र व्यवहारिक बनाउने प्रक्रिया सम्बन्धमा छलफल भएको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आधुनिक मेशिनबाट हाल २४०० मेट्रिक टनको विस्फोटक पदार्थ उत्पादन हुन्छ । उक्त विस्फोटक पदार्थ सेनाले विभिन्न राष्ट्रिय महत्त्व तथा गौरवका आयोजनाहरुको निर्माण कार्यमा आपूर्ति गरी राष्ट्रको विकास निर्माणमा योगदान दिने जनाएको छ ।

प्रकाशित मिति November 28, 2019
Loading...