सीमाभन्दा ठूलो प्रधानमन्त्री पद होइन, सरकार ढल्छ भने ढलोस् : ओली

काठमाडौं –: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि झुटा आरो प लगाउने नेताहरुलाई जवाफ फर्काएका छन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई राष्ट्रियताको सवालमा सोचेर बोल्न आग्रह गरेका छन् ।

हिजो पनि एक जना विद्धान पण्डितको वक्तव्य मैले सुनें । अलिक तर्कपूर्ण ढंगले  यो राष्ट्रको समस्या हो । अहिले म प्रधनामन्त्री छु मलाई ब्लेम गर्ने विषय अर्थात मसँगको भनाभनको जुहारीको या मलाई होच्याउने विषय मात्र होइन होला  देउवा र बाबुरामको नामै नलिइ उनले भने,राष्ट्रको भूमि सम्बन्धी राष्ट्रको समस्या हो । यो गम्भीर विषयमा नेताहरुले गम्भीरताका साथ बोल्ने गर्नुपर्छ ।प्रधानमन्त्री ओलीले नेताहरुले तौलका साथ बोल्नु वाच्छनिय हुने प्रतिक्रिया दिए ।बाबुरामजी र शेरबहादुरजीलाई तौलका साथ बोल्न आग्रह गर्न चाहान्छु,’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले भारतसँग सीमा विवादका विषयमा कुरा उठाउँदा सरकार गिर्छ भने तयार रहेको बताएका छन् ।अघिल्लोपटक त म पनि गिरकै हो नि । सरकारबाट मलाई पनि ढालिएकै होनि !प्रधानमन्त्रीले भने, ‘नाका ब न्दीको विरोधमा बोलें हुँला । उत्तरबाट पनि ट्रान्सपोर्ट ट्रान्जिट खोलें हुँला । नयाँ उचाइमा नेपाललाई लाने काम गरे हुँला । यस्तै कारण त होलान सरकार ढल्नुका । ढल्छ सरकार । तर, राष्ट्रिय हितको मूल्यमा सरकार ढल्छ कि ढल्दैन । राष्ट्रको सीमाको विषयमा बोल्दा म सरकारमा रहन्छु कि रहँदिन भन्ने कुराले कुनै अर्थ राख्दैन ।’ प्रधानमन्त्री ओलीले आफूले सीमा जोगाउनुपर्छ कि सरकार जोगाउनुपर्छ भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति November 26, 2019
Loading...