प्रधानमन्त्री ओलीको अपरेशन सकियो

काठमाडौं–: प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिक्सको शल्यक्रिया (एपेनडेक्टोमी) पूरा भएको छ ।मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिक्समा संक्रमण (एपेन्डिसाइटिस) भएको देखिएपछि अपरेशन शुरु गरिएको थियो ।

करिब ४५ मिनेटको समयमा प्रधानमन्त्री ओलीको अपरेशन पूरा भएको हो ।पेट दुख्ने समस्या भएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान ९ः४० बजेतिर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर लगिएको थियो ।डा. रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति November 26, 2019
Loading...