सीमानामा पर्खाल लगाउनुपर्छः बामदेव गौतम सहमत हुनेले सेयर गरौ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले नेपाल भारत सीमानामा पर्खाल लगाउनुपर्ने बताएका छन्। पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले सीमानामा छिट्टै पर्खाल लगाउनुपर्ने बताएका हुन्।
बीबीसी मिडियाको साझा सवालमा एक सहभागिले सीमानामा कहिले हुन्छ पिलरको व्यवस्था भन्दै प्रश्न गरेका थिए। ती सहभागिको प्रश्नको जवाफ दिँदै गौतमले भने,नेपाल र भारतको सीमानामा पर्खाल लगाउनुपर्छ। उत्तरको सीमानामा पनि पर्खाल लगाउनुपर्छ।

गौतमले नेपालले आफ्नो एक इन्च जमिन नछोड्ने र कालापानी लगायत क्षेत्रको भूमि प्राप्त गरि छिट्टै आफ्नो सार्वभौमिकता स्थापित गरिने दाबी गरे।नेपाली भूमी कालापानीबाट भारतीय सेना हटाउनका लागि सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए। उनले भने,छिटो भन्दा छिटो भारतीय सेना हटाउन नेपाल सरकारले पहल गरोस्।

प्रकाशित मिति November 25, 2019
Loading...