काठमाडौं -: भर्खरै मन्त्री पदबाट बाहिरिएका निवर्तनमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफु मन्त्रीबाट बाहिरिदै नरमाउन केही म्यानपावर ब्यवसायीलाई चेता वनी दिएका छन् ।
बिष्ट श्रममन्त्रीबाट बाहिरिएलगतै केही म्यानपावर ब्यवसाय र यससँग सम्बन्धित केही ब्यक्तिले भोज खाएको खवर बाहिर आएका बेला उनले आफ्नो बर्हिगमनमा नरमाउन आग्रह गरेका छन् ।बैदेशिक रोजगारीको ठगी धन्दामा लागेका केही ब्यक्तिले म हटेपछि भोज खाएको मैले सुनेको छु’ बिष्टले भने ‘हेक्का रहोस् म राजनीतिमै छु ।
बिष्टले आफु मन्त्रीमा भएपनि नभएपनि लाखौ नेपाली युवाहरुलाई ठग्ने ठ गी ध न्दाका नाइकेहरुलाई नछोड्ने बताए ।म सवैलाई भन्दिँन, केही राम्रा पनि हुनुहुन्छ । केहीलाई अहिले आफुले हटाएँ भन्ने पनि लागेका होला, मालिकसावहरुले बुझे हुन्छ म राजनीतिमै छु । नेकपाको बफादार सिपाही हुँ’ उनले भने ।
मलेसिया, यूएईसँग श्रम सम्झौता गरेर लाखौ युवालाई ठ गीनबाट जोगाएका बिष्टमाथी केही म्यानपावर ब्यवसायीले इगो साँधीरहेका छन् ।म्यानपावर ब्यवसायी मात्र नभई यससँग सम्बिन्धत स्वास्थ्य परीक्षक केन्द्रहरु पनि आक्रो सित थिए । केही म्यानपावर ब्यवसायीले भने उनको कदमलाई स्वागत नै गरेका थिए । फ्रि टिकट, फ्रि भिसा बनाएपनि केही ब्यवसाय भने पछिल्लो पटक खुसी नै थिए ।
प्रकाशित मिति November 23, 2019