मंसिर ७ गते शनिबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला यसले खर्च पनि गराउन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । यात्रामा भने जोगिएर काम गर्नु होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । अरुले तपाइको तारिफ गर्न सक्छन् ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी आज नगर्नु होला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनको साथै अन्नको पनि लाभ हुन सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ । परिवारमा पनि खुशिको माहोल छाउनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ । केही पैसाको हानी पनि होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । दिन सामान्य नै छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन् । नसोचेको ठाउँबाट केहि लाभ होला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । ब्यापार भने ठिकै मात्र छ ।

प्रकाशित मिति November 22, 2019
Loading...