सरकारी गाडी छाडेर सिंहदरबारबाट ट्याक्सीमा घर फर्किए गोकर्ण विष्ट

काठमाडौं :– प्रधामन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका मन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट बाहिरिँदै गर्दै फरक दृष्य देखियो। श्रम तथा रोजगार मन्त्रीबाट बाहिरिएपछि आज अन्तिम दिन मन्त्रालय पुगेका उनी लुखुर लुखुर हिँड्दै सिंहदरबार बाट निस्किए। सिंहदरबारको दक्षिण ढोकाबाट बाहिरिएपछि उनले ट्याक्सी रोके र चढे। त्यसपछि लागे आफ्नै घर।

म मन्त्री रहिन। मन्त्रालयको गाडी चढ्ने कुरा भएन, ट्याक्सीमा बाहिरिँदै गरेका उनले मोबाइलबाटै भने,त्यसैले ट्याक्सी चढेको हुँ।’ वैदेशिक रोजगारमा सुधारका लागि पहल गरेवापत अरु मन्त्रीभन्दा उनको कामको तारिफ हुने गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीहरुको मूल्याङ्कनमा पनि अब्बल नै रहेका थिए उनी। तर, श क्ति शाली रहेका वैदेशिक रोजगार व्यवसायीहरुको श क्तिका सामु प्रधानमन्त्री ओली निरीह रहे जसले राम्रो काम गर्दा गर्दै पनि विष्टलाई मन्त्री पदबाट बाहिर्‍यायो।

यसअघि ऊर्जा मन्त्री हुँदा विद्युत चो री रोक्ने अभियानमा जुटेर जनमत ब लियो बनाएका थिए उनले। आर्थिक ले नदेन धेरै चल्ने मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्ट उनको कार्यकालभरी विवा दमा रहेनन्। त्यसैले उनी हट्दा उनको अनुहारमा कुनै फिकपन थिएन।

 

प्रकाशित मिति November 22, 2019
Loading...