प्रधानमन्त्रीकै जिल्लामा भारतको दादागिरी भीडियो सहित

काठमाडौं, मंसिर ६ – भारती सीमा सुरक्षा बल एसएसबीले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा पनि दशगजा मिचेर नेपाली भूमि अतिक्रमण गरेको छ । दशगजा मिचेर सीमास्तम्भव समेतपछि अहिले नेपाली नागरिकको धनी पूर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ ।

जिल्लाको गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर २ पिण्डालघुटुका बान्दिाको पचासौं विभाग नेपाली जमि भारतीयको कब्जामा रहेको हो । यहाँका कष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी, कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनावा राजवंशीलगायतको जग्गा भारतीयको कब्जामा छ ।

उनीहरुले हरेक वर्ष जग्गामा मालपोत तिरिरहेका भएपनि जग्गा उपभोग गर्न पाएका छैनन् । यहाँका सीमा स्तम्भ विश्वास नै नलाग्ने ठाउँमा गाडिएका छन् । नेपालीको घरको आगनमासमेत सीमा स्तम्भ गाडिएका छन् । भारतको एसएसबी हरेक महिनाको तीन पटकसम्म सीमाको अवस्था बुझ्न आउँछन् । तर, नेपालीतर्फबाट कोही पनि आउँदैनन् । गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति November 22, 2019
Loading...